घटना-दुर्घटना

सौर्य एयरलाइन्सको विमान दुर्घटना - व्यवस्थापन बोर्डका पाँच कर्मचारी परे

इकागज |
साउन ९, २०८१ बुधबार १६:३१ बजे

काठमाडौं - काठमाडौंबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो, जसमा व्यवस्थापन बोर्डका पाँच जना कर्मचारी थिए।

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्य अपरेसन प्रमुख हुन् । उनी दुर्घटनामा घाइते भएर सिनामंगलको केएमसी अस्पतालमा उपचाररत छन्। यज्ञप्रसाद पौड्याल मर्मतसम्बन्धी काम हेर्ने शाखाका म्यानेजर हुन् भने आश्विनीकुमार निरौला सीएएमओ म्यानेजरका रुपमा कार्यरत थिए। दिलीप बर्मा क्यूए प्रमुख थिए र दुर्घटनामा ज्यान गुमाएका सागर आचार्य सुरक्षा प्रमुख (चिफ अफ सेफ्टी) थिए।


नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमान रनवे २ बाट उडेको थियो र रनवे २० को पूर्वतिर जोतिएको थियो। दुर्घटना १८ जनाको मृत्यु भएको छ । 


Author

थप समाचार
x