घटना-दुर्घटना

सिमलतालमा पहिरो - चुम्बकले खोजी गर्दा पनि भेटिएन बस र यात्रु

इकागज |
साउन १२, २०८१ शनिबार १८:१२ बजे

काठमाडौँ - १५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । 

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । 


६५ जना सवार उक्त बसका ३ जना जिवितै रहेका छन् भने ६३ जना यात्रु हराइरहेका थिए । हालसम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपत मोचन बलका १२ जना टोली आएका छन् । 

बस हराएको १५ दिन बितिसक्दा पनि बसको कुनै अत्तोपत्तो लागेको छैन । बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले संयुक्त रुपमा गरिरहेका छन् । भारतबाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् । भारतबाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बताए । 

उक्त बसका अझ ३८ जना यात्रु हराइरहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ । 


Author

थप समाचार
x