घटना-दुर्घटना

चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका, सुरक्षाकर्मी पुग्दै

इकागज |
साउन १२, २०८१ शनिबार २०:६ बजे

फाइल फाेटाे

चितवन - चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र मुग्लिनबाट सो ठाउँमा पुग्दै गरेको बताइएको छ । 

सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन । भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । 


असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।   


Author

थप समाचार
x