घटना-दुर्घटना

पूर्वमन्त्रीको हत्या प्रकरणमा घरेलु कामदारको चौंकाउने स्वीकारोक्ति: पोलियोग्राफ टेस्टको तयारी

इकागज |
साउन १३, २०८१ आइतबार १०:११ बजे

सर्लाही - चन्द्रनगर गाउँपालिका वडा नम्बर १, रतनपुरस्थित फार्म हाउसमा गत साउन ६ गते राति भएको पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवक रामउजैन राय यादवको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ३ मदनपुरका स्थायी बासिन्दा  हुन्घटनाको रात २१ वर्षीय रामउजैन । उनी रायसँगै घरमा थिए। प्रहरीको नियन्त्रणमा आएपछि रामउजैनले हत्या गरेको स्वीकार गरेका छन्। उनीमाथिको अनुसन्धानमा जुटेका एक अधिकृतले भने, 'अहिलेसम्मको प्रमाण र रामउजैनको स्वीकारोक्ति अनुसार उनैले हत्या गरेको देखिन्छ। यद्यपि, उनले पछिल्लो बयानमा गाउँकै अर्को व्यक्तिले हत्या गर्न भनेको दाबी पनि गरेका छन्।'


प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार रामउजैनले रायको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनामा प्रयोग भएको उखु काट्ने फर्सा घरबाट ५० मिटर परको झाडीमा भेटिएको थियो। हत्या पछि रामउजैनले लगाएका गन्जी घर नजिकै फालेका थिए। अनुसन्धान अधिकृतले भने, 'रामउजैनले धेरै बेर खुटा थिच्न भन्थे र काम गर्दा इरिटेट गर्ने, गाली गर्ने गरेको बताए। विवाद बढेपछि फुर्सा प्रहार गरी हत्या गरेको बताएका छन्।'

रामउजैन पहिले भट्टीबाट इँटा ओसार्ने काम गर्थे र तीन महिना अघिमात्रै काठमाडौँमा रायको घरमा काम गर्न गएका थिए। तर, त्यहाँ उनले असन्तोषजनक रूपमा व्यवहार गरेका कारण गाउँमा फिर्ता पठाइएको थियो।

एसपी रवीन्द्रबहादुर सिंहका अनुसार हत्याको रात रामउजैनले रायको जग्गा विवाद मिलाउन तीन जना अपरिचित व्यक्तिहरू आएको देखेको बताएका थिए। राति १२ बजेतिर पिसाब फेर्न तल झरेको बेला राय सुत्ने कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेको दाबी गरेका थिए 

तर, प्रहरीको विभिन्न कोणबाट गरेको अनुसन्धानपछि रामउजैनको भूमिका शंकास्पद देखिएको छ। यस विषयमा फरेन्सिक रिर्पोट र पोलियोग्राफ टेस्टको प्रतिक्षा भइरहेको छ। प्रहरीको भनाइमा घटनामा अरूको पनि संलग्नता हुन सक्ने आशंका रहेको छ।


Author

थप समाचार
x