घटना-दुर्घटना

गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

इकागज |
साउन १३, २०८१ आइतबार १२:१९ बजे

गोरखा - उत्तरी गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चार जना बेपत्ता भएका  उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । 

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताए । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए । 



Author

थप समाचार
x