घटना-दुर्घटना

मर्स्याङ्दी नदीमा खसेको बसबाट २९ जनाको उद्धार, ११ जनाको खोजी हुँदै (भिडियो)

इकागज |
भदौ ७, २०८१ शुक्रबार १२:४२ बजे

काठमाडौँ - तनहुँको आबुखैरेनी नजिक यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा २९ जना घाइते भएका छन् । 

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार उद्धार गरिएका १४ जना घाइते अचेत अवस्थामा छन् भने १५ जना होसमा रहेका छन् । उनीहरूलाई खोलाबाट माथि ल्याउने काम भइरहेको उनले बताए । 


बाँकी ११ जनाको खोजी कार्य भइरहेको रायले जानकारी दिए ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । 

र, यो पनि


Author

थप समाचार
x