घटना-दुर्घटना

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

इकागज |
भदौ १४, २०८१ शुक्रबार १०:२२ बजे

फाइल फोटो

बर्दिया - बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।  

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति  नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो । बालिकाको आज बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 


नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ । 
 


Author

थप समाचार
x