नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम, सतर्क रहन आग्रह
फाइल फोटो
चितवन - नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले नारायणगढ-मुग्लिङ खण्डका स-साना खहरेमा आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
साथै विभागले चितवनको माडी कल्याणपुर, भरतपुर, देवघाट र आसपास भारी बर्षा भएको, माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया