घटना-दुर्घटना

बालक मृत्युपछि क्षतिपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध

इकागज |
भदौ २१, २०८१ शुक्रबार २१:२७ बजे

सांकेतिक तस्विर

बैतडी- एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन् ।

शुक्रबार सिगास गाउँपालिका–९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।


वसन्तको आज दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ । -रासस

 


Author

थप समाचार
x