घटना-दुर्घटना

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

इकागज |
भदौ २३, २०८१ आइतबार १८:४९ बजे

सांकेतिक तस्विर

काठमाडौँ- काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् । 


गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको लगाएका छ । 


Author

थप समाचार
x