घटना-दुर्घटना

बाढीले बगाएर बेपत्ता माझीको शव फेला

इकागज |
भदौ २५, २०८१ मंगलबार १०:२० बजे

तस्विरः फाइल फोटो

बागमती- बकैया खोलाले बगाएर चार दिनदेखि बेपत्ता भएका एकजनाको शव फेला परेको छ । मंगलबार आज बिहान  रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए  । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते आएको खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।


इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा बिहान खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।-रासस

 


Author

थप समाचार
x