घटना-दुर्घटना

मन्दिरकम गाँजा बिक्री गर्ने साधु पक्राउ

इकागज |
भदौ २७, २०८१ बिहीबार १२:२६ बजे

रौतहट- मन्दिरमा लागू ओैषध गाँजा बिक्री वितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन । रौतहटको देवाही गोनाही नगरक्षेत्रको देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा  बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । 


लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको लागि  ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि  लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघी गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए । -सञ्जय मिश्रा


Author

थप समाचार
x