घटना-दुर्घटना

मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

इकागज |
भदौ २८, २०८१ शुक्रबार २१:३८ बजे

रौतहट-  ​रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

मौलापुर ९ सोनरनियाका स्थानीयहरूले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन । तालाबन्दी गर्नुअघि गाउँलेहरूले ब्यानर र प्लेकार्डसहित विभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा  गरेका थिए ।


केहिदिन अघि  गाउँकै दलित  महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।

वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले  घटना बारे सत्य तथ्य बुझ्न गत ७ गते  उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

समितिले १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक न गर्दा वडा अध्यक्षजो ढाकछोप भईरहेको भनेर स्थानीयले विरोध जनाएका छन् । 

नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने  स्थानीयहरुले चेतावनी दिएका छन ।-सञ्जय मिश्रा,


Author

थप समाचार
x