घटना-दुर्घटना

राउटे युवकको मृत्यु

इकागज |
असोज ३, २०८१ बिहीबार १८:५७ बजे

सुर्खेत - राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन् ।

६ महिना देखि बिरामी भएका उनी प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


उनलाई टीबी भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजाँदै गर्दा उनको बाटोमै बुधबार राति मृत्यु भएको हो । उनलाई धेरै बिरामी भएपछि मात्र अस्पताल ल्याइएको बताइएको छ ।

अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ ।

राउटेहरूको स्वास्थ्यमा समस्या आउँदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेक बर्ष घटिरहेको छ । 


Author

थप समाचार
x