घटना-दुर्घटना

चटयाङ लागेर  कञ्चनपुरमा दुई जनाको मृत्यु

इकागज |
असोज ९, २०८१ बुधबार १४:५५ बजे

सांकेतिक फोटो

कञ्चनपुर -  कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । 


 चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ । 
 


Author

थप समाचार
x