घटना-दुर्घटना

बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

इकागज |
असोज ९, २०८१ बुधबार १७:४ बजे

सांकेतिक फोटो

बाजुरा - चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् । 

 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।


चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको जिल्ला  अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।  
 


Author

थप समाचार
x