घटना-दुर्घटना

कोशी ब्यारेजमा यात्रुवाहक बस खस्यो

इकागज |
असोज १०, २०८१ बिहीबार १८:५३ बजे

फाइल फाेटाे

काठमाडौँ - विराटनगरबाट उदयपुरको गाईघाटतर्फ  जाँदै गरेकाे यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ ।  कोशी ब्यारेजको पुलबाट बस खसेको जानकारी आएको सुनसरी प्रहरीले जनाएको छ ।

यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएपछि आफूहरू घटनास्थलतर्फ जाँदै गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । साँझ ६ः०५ बजेतिर बस खसेको अनुमान छ ।


बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा भएको क्षतिको विवरण आइसकेको छैन ।


Author

थप समाचार
x