घटना-दुर्घटना

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

इकागज |
असोज १०, २०८१ बिहीबार १९:५३ बजे

विराटनगर - कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । बिहीबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो ।


बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।  अहिले उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले जनाएका छन् ।


Author

थप समाचार
x