घटना-दुर्घटना

वनस्थलीको नालीमा मोटरसाइकल खस्दा , १९ वर्षीय श्रेष्ठ बेपत्ता

इकागज |
असोज ११, २०८१ शुक्रबार २१:३० बजे

काठमाडौँ- वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन् । शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाएको हो ।

 


जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भई हाल रानिवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ रहेका छन् । मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ ।


Author

थप समाचार
x