घटना-दुर्घटना

प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

इकागज |
असोज १२, २०८१ शनिबार १४:५८ बजे

फाइल फाेटाे

काठमाडौँ - पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन् ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताए ।

उनका अनुसार आज काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । विभिन्न राजमार्ग हुँदै सञ्चालनमा आएका सार्वजनिक सवारीसाधन र अन्य सवारीसाधन बगाउनुका साथै पहिरोले पुरिएका छन् ।


उनले सरकारले रात्रिकालीन सवारीसाधन  नचलाउन आग्रह गरेका कारण कतिपय सवारीसाधन दुर्घटना हुनबाट जोगिएको बताए । उनले देशभरका यातायात व्यवसायी, चालक तथा सहचालकलाई जोखिम मोलेर सार्वजनिक सवारीसाधान नचलाउन समेत आग्रह गरेका छन् ।
 


Author

थप समाचार
x