घटना-दुर्घटना

बाढी र पहिरोबाट ललितपुरमा १८ जनाको मृत्यु

इकागज |
असोज १२, २०८१ शनिबार १५:४९ बजे

ललितपुर - वर्षाजन्य विपद्मा  ललितपुरमा  हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्यांकअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालित भएका छन् ।


जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारी अनुसार हालसम्म महांकाल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् ।

प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
 


Author

थप समाचार
x