घटना-दुर्घटना

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तीन जनाको शव भेटियो

इकागज |
असोज १२, २०८१ शनिबार १६:३२ बजे

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च मा.वि. मा सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरू क्रमश: दिवस बाँनिया, प्रियान्स आचाय, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार बिहान करिब ६: ३० बजे उक्त स्थानबाट अन्यत्र तर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ ।


बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिएका छन् ।  

एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परि सम्पर्कविहीन भएका खेलाडीहरूको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरू हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ । 


Author

थप समाचार
x