घटना-दुर्घटना

बाढी पहिरोका कारण काठमाडाैँ उपत्यकामा ३४ सहित देशभर ५९ जनाको मृत्यु

इकागज |
असोज १२, २०८१ शनिबार १७:५७ बजे

काठमाडौँ - बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर ५९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार ३६ जना घाइते छन् भने ४४ जना बेपत्ता छन् ।

यस्तै काठमाडाैँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।  विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।​


बाढीपहिरो तथा डुबानमा परेका एक हजार २ सय ५२ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । 

काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् ।  देशभरका ४४ राजमार्ग अवरुद्ध रहेको अधिकारीले जानकारी दिए । 


Author

थप समाचार
x