घटना-दुर्घटना

कोसी ब्यारेजमा पानीको बहाव झण्डै ६ लाख बढी क्युसेक

इकागज |
असोज १२, २०८१ शनिबार २१:५२ बजे

फाइल फाेटाे

सुनसरी - कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै भन्दा बढी क्युसेक पुगेको छ ।

पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । 


कोसी ब्यारेज भएर पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले जानकारी दिए । 

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 

 कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ । 

पानीको बहाव उच्च भएपछि सवारी तथा मानिसको अवागमनमा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 


Author

थप समाचार
x