घटना-दुर्घटना

महोत्तरीमा युवतीको वेवारिसे शव फेला

इकागज |
असोज २३, २०८१ बुधबार १९:२५ बजे

महोत्तरी - महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१/२२ बर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

युवतीको शवको पकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल जैसवालले वताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य अगाडी वढाएको छ । महोत्तरीमा युवती हराएको ठाँउ एकिन गरी पहिचानको लागि प्रयास भैईरहेको प्रहरीले जनाएको छ ।


अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा लागिएको छ ।  वडा नं ५ का वडा अध्यक्ष काहरमान स्याङवाको अनुसार उक्त युवतीको शव विहान ७ वजे फेला परेको थियो । युवतीको शवलाई सामाजिक संजालवाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भईरहेको अध्यक्ष स्याङवाको भनाई छ ।


Author

थप समाचार
x