घटना-दुर्घटना

शिवपुरी खोलामा डुबेका १० वर्षीय बालकको शव भेटियो

इकागज |
असोज २९, २०८१ मंगलबार १६:० बजे

नुवाकोट : शिवपुरी गाउँपालिका-८, सिम्लेमा आफन्तकोमा टीका लगाउन गएका १० वर्षीय बालकको पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ। सोमबार डुबेर बेपत्ता भएका बालकको शव मंगलबार बिहान भेटिएको हो।

काठमाडौं, नागार्जुन नगरपालिका-८ भिमढुंगाका दिनेश तामाङ र अप्सरा तामाङका छोरा सिशान तामाङ खेल्ने क्रममा खोलामा डुबेपछि हराइरहेका थिए। स्थानीयवासी र प्रहरीको टोलीले घटनास्थलको वरपर खोजी कार्यलाई तीव्रता दिएको थियो। खोजीको क्रममा सिशानको शव डुबेको स्थानबाट केही दुरीमा फेला परेको हो।

छहरेस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर यादवका अनुसार मंगलबार बिहान १०:३० बजे शव भेटिएको थियो। आवश्यक कानूनी प्रक्रिया र मुचुल्का तयार गर्न जिल्ला प्रहरी टोली घटनास्थलमा आउने तयारीमा रहेको उनले जानकारी दिए।


 


Author

थप समाचार
x