घटना-दुर्घटना

झापामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

इकागज |
कात्तिक ३, २०८१ शनिबार १६:५६ बजे

फाइल फाेटाे

काठमाडौँ - झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र– १–०१–००१ ख ३४३५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।


मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए जसका कारण पूर्व पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।


Author

थप समाचार
x