Ekagaj Logo
०९ कात्तिक २०८१, शुक्रबार
(Friday, 25 October, 2024)

घटना-दुर्घटना

महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ

इकागज |
कात्तिक ८, २०८१ बिहीबार २०:२३ बजे

सांकेतिक फोटो

काठमाडौँ - काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए । 


बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेकाहरूको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । 

उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए । 
 


Author

थप समाचार
x