घटना-दुर्घटना

चार महिनामा सुनसरीबाट एक हजार तीन सय किलो गाँजा बरामद

इकागज |
कात्तिक २०, २०८१ मंगलबार १३:४३ बजे

तस्विरः फाइल फोटो

सशस्त्र प्रहरी ४ नम्बर गणले चालू आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए।

खुला सीमाको प्रयोग गरेर भारतीय बजारतर्फ लगिरहेका वेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा गाँजा बरामद गरेको उनले बताए।


सोही अवधिमा ब्राउन सुगर ९१.७९ ग्राम, ट्रमानिल १८ हजार ४५० पिस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उनले बताए ।

 


Author

थप समाचार
x