Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

घटना-दुर्घटना

दुर्घटनामा मृतक पाँच जनाको सनाखत

इकागज |
कात्तिक २३, २०८१ शुक्रबार २०:२ बजे

नारायणगढ-मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो।


मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० वर्षीय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, सोही ठाउँकी ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साह रहेको प्नहरीले जनाएको छ। मृतकमध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

सो दुर्घटनामा एक जना घाइते गम्भीर अवस्थामा उपचाररत छन्। सत्रकिलोमा बिहान ३ बजेतिर माइक्रोबस र बस एकापसमा ठोक्किएका थिए। गम्भीर घाइते एक जनाको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्य चार जना घाइते भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x