होटलको एकै कोठामा मृत भेटिए युवा र युवती
सांकेतिक फोटो
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् ।
परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८:४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ ।
प्रहरीले अहिले उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत टोली खटाएर थप अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया