घटना-दुर्घटना

तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा

इकागज |
मंसिर १०, २०८१ सोमबार १४:२७ बजे

काठमाडौं - प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना ४ ख २१६० नम्बरको ट्रकलाई तस्करीको आशंकामा नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदै थियो।


औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजक भन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले जानकारी दिए ।

ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले जानकारी दिए । उनका अनुसार ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

 


Author

थप समाचार
x