घटना-दुर्घटना

वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा राई पक्राउ , ५५ करोड कारोबार

इकागज |
मंसिर १२, २०८१ बुधबार १७:२० बजे

काठमाडौँ- वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । 


उनले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको आचार्यले बताए ।  आरोपी वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


Author

थप समाचार
x