मानव बेचबिखनको आरोपमा एकजना पक्राउ
प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।
जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी कञ्चनरुप नगरपालिका–१२ बस्ने २६ वर्षीय सनोज सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए। ‘भारतमा काम गर्ने मानिसको आवश्यकता छ, भनेको जस्तो तलब पाइन्छ’ भनी प्रलोभन देखाएर भारततर्फ लगिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए। उनका अनुसार चारै जना बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया