घटना-दुर्घटना

धनगढी सडक दुर्घटनामा परी ६ जना घाइते

इकागज |
मंसिर १५, २०८१ शनिबार १८:२० बजे

फाइल फाेटाे

धनगढी - कैलालीको धनगढीमा चार वटा सडक दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश आपतकालीन कार्यसञ्चालक केन्द्रले पठाएको विवरणअनुसार धनगढीका विभिन्न स्थानमा चारवटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ६ जना घाइते भएका हुन्।


धनगढी उपमहानगरपालिका–११ घोड्सुवास्थित सुदूरपश्चिम प्रदेश ०१–०११ प ४३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा १६, १८ र १६ वर्षीय तीन जना घाइते भएका छन्। घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

यस्तै धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ९ वर्षीय एक बालक घाइते भएका छन्। घाइते बाललकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

धनगढी उपमहानगरपालिका–११ बेलामा मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिँदा ४६ वर्षीय एक जना घाइते भएका छन्। घाइतेको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको छ। 

यस्तै धनगढी उपमहानगरपालिका–१२ कम्पनी रोडस्थित अटोले पैदलयात्रीलाई ठक्कर दिँदा ६० वर्षीय एक जना घाइते भएका छन्। घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
 


Author

थप समाचार
x