बाघ आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
फाइल फाेटाे
कञ्चनपुर - कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक गोठाला घाइते भएका छन्।
सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको हो। गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए।
बाघको आक्रमणबाट घाइते साउँदको चिउँडो र हातमा गम्भीर चोट लागेको छ। उनको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया