घटना-दुर्घटना

कार भित्र पुरुष मृत अवस्थामा भेटिए

इकागज |
पुस ६, २०८१ शनिबार १४:४२ बजे

सांकेतिक फोटो

काठमाडौँ - बाराको जीतपुरसिमरा दुधौरा खोला पुल नजिक कार भित्र एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडार दुधौरा खोला पुल नजिक एक जना पुरुष गाडी भित्र मृत अवस्थामा फेला परेका हुन् ।


रोकी राखिएको कार भित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा उपमहानगरपालिका १ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्थानीयहरूले गाडी भित्र शव रहेको खबर गर्नेबितिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।

बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपट्टिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवको परीक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 


Author

थप समाचार
x