टिकटक बनाउने क्रममा खोलामा खस्दा दुईजनाको मृत्यु

फाइल फाेटाे
तेह्रथुम - खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।
शनिबार दिउँसो खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया