घटना-दुर्घटना

भक्तपुरमा बाबु–छोरा मृत फेला, जेठा छोरा बेपत्ता

इकागज |
पुस ८, २०८१ सोमबार १५:११ बजे

सांकेतिक फोटो

काठमाडौं - भक्तपुरमा बाबु–छोरा मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ ।


कोठामा सँगै बसेका कुलप्रसादका जेठा छोरा बेपत्ता छन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।


Author

थप समाचार
x