प्रहरीको ज्यादतीः पावर देखाउँछस भन्दै सडकमा अमानवीय ढंगले नागरिकमाथि आक्रमण
'घट्नाको अध्ययन गर्न डिएसपीको नेतृत्त्वमा छानबिन समिति बेनको छ'
तस्वीर: रौतहट अपडेट
काठमाडौँ- यतिखेर सामाजिक सञ्जालमा प्रहरीले एक युवकलाई लेखट्दै लखेट्दै कुटिरहेको एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ नेपाल प्रहरीका एक कर्मचारीले र एक स्थानीय युवालाई सडकमा लडाएर क्रुर शैलीमा बुट-बुटैले पिटेका छन् ।
सामाजिक सञ्जालमा प्रहरीले बर्दी लगायो भन्दैमा जनता पनि बिना बर्दीका प्रहरी रहेको भन्दै ती प्रहरीको आलोचना भइरहेको छ ।
चितवनको बसेनी तीनखोले गुम्बा, बाइपास रोडमा भएको घट्नामा सडकमा प्रहरीले मोटरसाइकल चेकिङ्ग गरेको देखिन्छ । युवकसँग केही समय भनाभन भएको र प्रहरीले पावर देखाएको भन्दै ती युवालाई लखेटी लखेटी कुटेका छन् ।
पावर देखाएको भन्दै अमानवीय शैलीमा कुटिरहेका छन् । ती प्रहरीले कसलाई फोन गर्ने पावर देखाएको भन्दै लडिरहेको युवकलाई कुट्छन् । ‘कसलाई फोन गर्ने निकाल निकाल भन्दै’ आक्रोशित हुँदै ती प्रहरीले भनेका छन् ।
चितवनका प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीले अमानवीय हिसाबले कुटपिट गरिएको घट्नाको बारेमा छानबिन गर्न डिएसपीको नेतृत्त्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । त्यस घट्नामा प्रहरीको ज्यादती नै देखिने उनको भनाइ छ ।
‘कुन प्रहरीले गरेको, कहिले र कहाँ त्यस्ता घट्ना भएको हो । चितवनको पनि होइन भन्ने सुनेको छु । त्यसको सबै सत्य-तथ्य छानबिन हुन्छ । त्यो भिडियो मैले पनि हेरेको छु,’ उनले इकागजसँग भने,’ मैले पनि यो भिडियो हेरिसकेको छु । कुटाइ खाने नागरिक को हुन् । कहाँको हुन् । कुन प्रहरी हुन् । पुरानो वा नयाँ हो त्यो पनि पत्ता लगाउँछौ । त्यस्तो गतिविधि गर्ने सम्बन्धित प्रहरीलाई कारबाही हुन्छ ।‘
असल प्रहरीले त्यस्तो आचरण नगर्ने र व्यक्तिगत चरित्र हाबी भएकाले त्यस्तो कारबाही गरिएको हुन सक्ने उनले बताए । ‘प्रहरीले कसैलाई पनि कुट्न पाउँदैन अपराध गरेको भए पनि नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही भोग्न सजाय दिलाउन सहयोग गराउँछौ,’ उनले भने ।
हरेक दिन प्रहरीलाई ड्युटीमा खटाउँदा असल चरित्र र मानव अधिकारको संरक्षण गर्न निर्देशन दिइरहेको उनले बताए । प्रहरीले बोक्ने वाकीटकीमा पनि प्रहरीले सधैँ असल चरित्रको भूमिका निभाउनु पर्ने भनेर निर्देश गरिरहेका हुन्छौँ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया