रुखबाट खसेकी महिलाको निधन
सांकेतिक फोटो
धनगढी - कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ की ५७ वर्षीया जोगादेवी साउदको मृत्यु भएको हो। सोमवार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी उनी रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया