घटना-दुर्घटना

कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार

इकागज |
माघ २७, २०८१ आइतबार २०:४ बजे

काठमाडौं - कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार गरिएको छ ।

आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाँउपालिका र बाजुरा जिल्लाको हिमाली गाँउपालिका बीच झुगोलामा कर्णाली नदि पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो । 


एस्काभेटर नदीमा फसेपछि नजिकै रहेको हिमाली गाँउपालिकाको पहलमा दुबै तर्फका नेपाल प्रहरी लगायत विभिन्न व्यक्तिहरूको प्रयासले करिब तीन घण्टा पछि तीन जनाको डुङ्गाबाट उद्धार गरिएको हो ।

आवश्यक मेसिन तथा उपकरण अभावले एस्काभेटर भने कर्णालीबाट निकाल्न सकिएको छैन ।


Author

थप समाचार
x