घटना-दुर्घटना

सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे

इकागज |
फागुन २, २०८१ शुक्रबार १५:१३ बजे

सांकेतिक फोटो

काठमाडौं- कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।

गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए । दुईजनाको यसअघि नै मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।



Author

थप समाचार
x