घटना-दुर्घटना

सुर्खेत विद्यार्थी बोकेको बस दुर्घटना

इकागज |
फागुन ४, २०८१ आइतबार २०:० बजे

सांकेतिक फोटो

धनगढी - बाजुराका विद्यार्थी बोकेको बस सुर्खेत दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार बेलुका कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको हो।

बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिँडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। 


दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढीगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ।

अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x