काभ्रेमा बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर

फाइल फोटो
काभ्रे- काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित१७ जना घाइते भएका हुन्।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह–चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया