घटना-दुर्घटना

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

इकागज |
फागुन १९, २०८१ सोमबार १२:१४ बजे

नेपालकै प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका– १० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।


जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । 

अस्पतालका अनुसार शरीरमा अक्सिजनको कमी देखिएपछि अस्पताल भर्ना हुनुपर्ने बताए पनि उनले उनले मानेका थिएनन् ।

चेकजाँच पछि सल्लेरी फर्किएका विश्वकर्मालाई सोमबार बिहान ६ बजेतिर साथीहरूले एम्बुलेन्समा लिएर अस्पताल पुगेका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।


Author

थप समाचार
x