घटना-दुर्घटना

मधेश शहिद प्रतिष्ठानका सदस्य मृत फेला

इकागज |
फागुन २०, २०८१ मंगलबार १७:२८ बजे

सांकेतिक फोटो

जनकपुरधाम - मधेश शहिद प्रतिष्ठानका सदस्य  रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् ।  

सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 


ओछ्यान  नजिक यादवले वान्ता गरेको पाइएको र उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x