घटना-दुर्घटना

बर्दियामा डुबेर एक बालिकाको मृत्यु

इकागज |
चैत १, २०८१ शुक्रबार १३:५६ बजे

फाइल फोटो

बर्दिया - बर्दियामा सिँचाइ पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँसगढी नगरपालिका-८ भैसासुरकी १२ वर्षीया दिया खड्का छिन्।

सोही नगरपालिका-८ बेलौरीस्थित दमौली सिँचाइ पोखरीमा डुबेर बिहीबार साँझ उनको मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



Author

थप समाचार
x