घटना-दुर्घटना

उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति

इकागज |
चैत ५, २०८१ मंगलबार १७:५० बजे

सांकेतिक फोटो

काठमाडौं - उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । 

स्थानीय सरन राईको घरमा विद्युत सर्ट भै आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । मंगलबार दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको हो । 


सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् । 

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो । 


Author

थप समाचार
x