विपद् अपडेट
बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १०७ पुग्यो
३२ जना घाइते, ३५ जना बेपत्ता
फाइल फोटो
काठमाडौँ - अविरल वर्षाका कारण देशभर बाढी, पहिरो तथा डुबानले मृत्यु हुनेको संख्या १०७ पुगेको छ । सातै प्रदेशका विभिन्न ठाउँमा आएको विपद्का कारण मृत्यु हुनेको संख्या १०७ पुगेको हो । सबैभन्दा धेरै प्रदेश १ मा बाढी, पहिरो तथा डुबानमा परेर ६४ जनाको मृत्यु भएको छ । यस्तै सुदूरपश्चिममा ३२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको नयाँ विवरणअनुसार बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा ८ जनाको मृत्यु भएको छ । यस्तै विपद्मा परेर ३५ जना बेपत्ता छन् भने ३२ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया